प्रगति विवरण तथा भावि योजना २०७५

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालको १२ औं राष्ट्रिय महाधिवेशन २०७५ भाद्र ३० र ३१ गते भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । उक्त महाधिवेशनमा ४४ जिल्लाका ३३० जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो । महाधिवेशनको उद्घाटन सत्र माननिय अर्थमन्त्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने स्थानिय नगरपालिकाका मेयर, वडाध्यक्ष लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, परिषद्का अध्यात्मिक प्रवक्ता, प्रशिक्षक, पुर्व पदाधिकारीहरु, सल्लाहकार, सेवा समिति नेपालका पदाधिकारीहरु, बाईजुराज महिला समितिका पदाधिकारीहरु को उल्लेख्य उपस्थिति रहेको थियो ।

विभिन्न जिल्ला तथा केन्द्रका विगत तिन बर्षका कार्य प्रगती विवरण तथा आर्थिक प्रतिवेदन अनुमोदन गर्दै विविध भावि योजनाहरुको वारेमा निर्णय गरिएको थियो ।
महाधिवेशनका् दोश्रो दिन निर्वाचन समितिको संयोजकत्वमा सम्पन्न केन्द्रीय कार्य समितिको चयन सर्व सम्मत रुपमा सौहाद्र्रपूर्ण वातावरण रुपमा सम्पन्न भई तपसिल बमोजिमको नयाँ कार्यसमिति चयन भएको थियो ।

अध्यक्षः श्री नमराज ढकाल
नि.अध्यक्षः श्री मातृका प्याकुरेल
उपाध्यक्षः श्री कौशल फुयाल
उपाध्यक्षः श्री यज्ञ प्रसाद ढकाल
उपाध्यक्षः श्री जगदिशचन्द्र शर्मा
महासचिवः श्री सुमन पुडासैनी
कोषाध्यक्षः श्री सुजन सुवेदी
सचिवः श्री टंक प्रसाद ओझा
सह–कोषाध्यक्ष श्री कमलकृष्ण केसी
सदस्यः श्री रितु सापकोटा, कैलाली
सदस्यः श्री उद्धव के.सी., ललितपुर
सदस्यः श्री उमेश प्रधान, भक्तपुर
सदस्य श्री यदु वगाले, गोर्खा
सदस्यः श्री कमल कोईराला, ईलाम
सदस्य श्री बिष्णु प्रसाद वाग्ले, मकवानपुर
सदस्यः श्री गंगालाल श्रेष्ठ, रामेछाप
सदस्यः श्री छवि थपलिया, झापा
सदस्यः श्री अनिल कोईराला, रौतहट
सदस्यःः श्री ईन्द्र प्रसाद बानिया, बारा
सदस्यः श्री नवराज गौतम, सुर्खेत
सदस्यः श्री पर्शुराम सापकोटा, काभ्रे

युवा परिषद्का नियमित कार्यक्रमः
पशुबलि प्रथा उन्मुलनका लागि देशका विभिन्न शक्तिपिठ तथा सडक कार्यक्रम अन्तर्गत हरेक हप्ता शनिबार र मंगलबार विभिन्न संघसँस्थाहरुसँग सहकार्य गर्दै हाल सम्म ४०० वटा कार्यक्रम सम्पन्न
— दृष्टि विशेषज्ञ संघसँग २०७३ देखि ३ बर्षे सम्झौता गर्दै विभिन्न जिल्लाहरुमा ११ वटा निशुल्क आँखा शिविर सञ्चालनबाट हजारौं लाभान्वित यस सेवालाई निरन्तरता दिंदै जाने ।
— १३ वटा रक्तदान कार्यक्रम मार्फत १५०० पिन्ट भन्दा ज्यादा रक्त संकलन कार्य सम्पन्न ।
— प्रणामी समाजका उच्च शिक्षा हासिल गरेका ईन्जीनियर, प्राविधिक, डाक्टरहरुको तथ्याङ्क संकलन तथा स्नातक क्लव गठन गरि परिषदको आयोजनामा विविध सामाजिक सेवामा परिचालनको प्रक्रिया शुरु ।
— प्रतिभा सम्मान कार्यक्रम अन्तर्गत राष्ट्रिय भक्तिसंगीत प्रतियोगीताको आयोजना गरी “श्रीकृष्णमणि दिपा प्याकुरेल राष्ट्रिय भक्ति संगीत पुरस्कार” द्धारा प्रतिभा सम्मान । साथै भक्ति संगीत सन्ध्याको आयोजना ।
— हालसम्म संकलित प्राप्त प्रणामी तथ्याङ्कको डाटा ईन्ट्री कार्य ९० प्रतिशत सम्पन्न ।
— अन्तराष्ट्रिय युवा दिवसको अवसरमा नया शिक्षा निति अनुरुप प्लस टु सकेको विद्यार्थिहरुलाई “कमलकृष्ण मणिकुमारी स्मृति उत्कृष्ठ छात्र छात्रा सम्मान पुरस्कार प्रदान ।
— महामति श्री प्राणनाथ प्राकट्य चतुर्थ शताव्दी महोत्सवको अवसरमा ५०० मोटरसाईकलको उपस्थितिमा उपत्याकाका तिनै जिल्लाको भ्रमण तथा प्रचार प्रसार कार्य सम्पन्न । उक्त अवसरमा करिब ३०० स्वयंसेवकहरु परिचालन गरिएको थिया भने श्रीकृष्ण प्राकट्य उत्सवका अवसरमा समेत २०० स्वयंसेवक परिचालन गरिएको थियो ।
— के.एच.डि.सि. धरानको सहयोगमा बरिष्ठ मुटु तथा मृगौला रोग विशेषज्ञ डा. संजीव शर्माको संयोजकत्वमा महामति चतुर्थ शताव्दी महोत्सव, नवतनधामको अवसरमा ३०० जनाको स्वास्थ परिक्षण सेवा सम्पन्न ।
— समस्त महाजन मुम्बईको आयोजना भारत गुजरात, राजस्थान तथा महाराष्ट्रमा आयोजित चार दिवसीय “जीवदया प्रेमियोंका सम्मेलन”मा परिषद्को तर्फबाट प्रगती प्रतिवेदन प्रस्तुत सहित सहभागिता । आगामि दिनमा दुवै संस्थाको सहकार्यमा प्राणि हिंसा विरुद्ध विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता ।
— विश्व वातावरणको दिवसको अवसरमा काठमाण्डौ महानगरपालिका तथा रुद्रमति सरोकार समाजको सहकार्यमा धोविखोला किनार सफाई तथा बृक्षारोपण कार्यक्रम सम्पन्न ।
— रुपन्देहि, मकवानपुर, चितवन, मोरङ्ग, सुनसरी, झापा, ईलाम जिल्लामा नियमित पशुवली प्रथा निषेध चेतना अभियान तथा शाकाहारी बनौ अभियान एवम् दीनदुखी माषिक निशुल्क शुद्ध शाकाहारी भोजन सेवाको शुरुवात ।
— पशुवली प्रथा अन्तयका लागि गुठी संस्थानमा विज्ञप्ती दिएको साथै गुठी संस्थानद्धारा प्रदान गरिने अनुदान र बजेट रोकिएको ।
— सार्वजनिक स्थल, मठमन्दिरमा हुने पशुवली प्रथा विरुद्ध विभिन्न १५ जिल्लामा सक्रियताका बृहत शोभायात्रा, मोटरसाईकल ¥याली, कोण सभा तथा प्रशासनमा विज्ञप्ती प्रदान ।
— राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्षको प्रमुख आतिथ्यतामा अन्तराष्ट्रिय युवा दिवशको अवसरमा युवा प्रशिक्षण भेला तथा “कमलकृष्ण मणिकुमारी स्मृति पुरस्कार” द्धारा प्लस टुमा उत्कृष्ट हुने प्रणामी छात्र तथा छात्रा सम्मान कार्यक्रम सम्पन्न ।
— प्रणामी समाजका होनहार एमविविएस अध्ययनरत सौरभ उप्रेतिको संकास्पद मृत्युको बारेमा सत्य तथ्य छानविनका लागि माईतिघर मण्डला तथा विराटनगरमा प्रहरी प्रशासन तथा जिल्ला प्रशासन कार्यलयमा दवावमुलक विरोध कार्यक्रम सम्पन्न ।
— झापा तथा सुनसरी जिल्ला परिभ्रमण कार्य सम्पन्न ।

योजना

– केएचडिसि नेपालको प्राविधिक सहयोगमा नवतनधाममा नियमित निशुल्क स्वास्थ्य परिक्षण कार्यबmमको शुरुवात ।

– स्कुल तथा कलेजमा लागुपदार्थ दुव्र्यसन विरुद्ध सचेतना सहित अहिंसा तथा आहार सम्बन्धी सचेतना कार्यक्रमको थालनी ।
– विभिन्न संघसंस्थासंग समन्वय गरी “शाकाहारी बनौं अभियान” लाई अझ प्रभावकारी रुपमा संचालन गर्दै सवै जिल्लामा पु¥याउने लक्ष्य रहेको ।
– दुध दोहन पछि असक्त अवस्थामा सडक प्ेटीमा छोडिएका गाईवाछाहरुको हेरचाहको लागि सेल्टर स्थापनाका लागि सेवा समितिसँग समन्वय गरी कार्य गर्ने साथै गाईवस्तु नछाड्नको लागि सचेतना अभियान गर्ने ।
– जिल्ला जिल्लामा सांगठनिक क्षमता अभिवृद्धि र अध्यात्मिक शिविर सञ्चालन ।
– युवालाई समेट्न खेलकुद मनोरञ्जन कार्यक्रम जिल्ला जिल्लामा शुरुवात भईरहेकालाई निरन्तरता ।
– युवा उद्यमशिलता र रोजगारका लागि सरकारी तथा गैर सरकारी संघसंस्थासंग समन्य गरी मोवाईल रिपेरियङ्ग, वायरिङ्ग, प्लम्बन्गीङ्ग, केयर गिभर जस्ता राृेजगार उन्मुख तालिमको लागि पहल ।
– युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद्संग समन्वय गरी सरकारका युवा उन्मुख कार्यक्रममा संलग्नता गराउने ।
– सहकार्य र समन्वयका लागि सामाजिक सेवाकार्य र प्रणामी धर्मको प्रचार प्रसारका लागि सेवा समितिसंग समन्वय गर्ने ।

प्रणाम ।।

श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल
केन्द्रीय समिति

आर्थिक वर्ष को २०७७/७८ को नीति तथा कार्यक्रम

१. युवाको सर्वांगीण विकासको लागि युवा उत्प्रेरणा, जागरण, नेतृत्व विकास, क्षमता तथा शिप विकाससम्बन्धी कार्यक्रमहरु
सञ्चालन गरिनेछ ।
२. वातावरण संरक्षण र प्रर्वद्धनका लागि मन्दिर तथा सार्वजनिक स्थलकोसरसफाई र हरियाली प्रर्वद्धन कार्यक्रम सञ्चालन
गरिनेछ ।
३. विपत तथा जोखिममा परेका व्यक्तिलाई लक्षित गरी राहत, उद्धार, सहयोग एवं सेवाका कार्यहरु गरिने गरिनेछ ।
४. असहाय र आर्थिक तथा सामाजिक रुपले विपन्न बर्गलाई लक्षित गरी भोजन सेवा तथा खाद्य सामाग्री उपलब्ध गराईनेछ

५. प्राथमिक स्वास्थ्य सम्बन्धी सचेतना तथा स्वास्थ्य शिवीर, रक्तदान, अंगदान जस्ता कार्यक्रम सञ्चालन गरिनेछ ।
६. प्रमुख धाम तथा मन्दिरहरुमा स्वास्थ्य केन्द्र तथा नियमित रुपमा स्वास्थ्य शिविरहरु सञ्चालन गरिनेछ ।
७. रक्तदान कार्यक्रमलाई सबै जिल्ला र प्रारम्भिक समितिबाट सञ्चालन गर्ने र विरामीलाई सहज रुपमा रगतको व्यवस्था
गर्न रक्तदाताको विवरण अद्यावधिक गर्ने र यस कार्यका लागि फोकल पर्सनको व्यवस्था गरिनेछ ।
८. दुर्व्यसनमुक्त समाजको निर्माणको लागि दुर्व्यसन तथा लागू पदार्थ विरुद्ध सचेतना, पुर्नस्थापना र सहयोग कार्यक्रम
सञ्चालन गरिनेछ ।
९. धुम्रपान तथा लागुपदार्थ विरुद्ध सचेतनामूलक एवं दबाबमुलक कार्यक्रम सञ्चालन गरिनेछ ।
१०. सभ्य, सान्त र समृद्ध समाज निर्माण गर्न नैतिक शिक्षाको अपरिहार्यता मनन गर्दै स्थानीय मन्दिर तथा सत्सँग भवनमा
वालवालिकालाई अनिवार्य रुपमा नैतिक शिक्षा प्रदान गर्ने प्रणालीको विकास गरिनेछ ।
११. आर्थिक तथा सामाजिक रुपमा पछाडि परेका वालवालिको शिक्षामा पहुँच पुर्याउन कक्षा ५ देखि १२ सम्म पढ्ने
वालवालिकालाई छात्रवृत्ति उपलब्ध गराइनेछ ।
१२. सम्बद्ध संस्थाहरुको सहकार्यमा जेष्ठ नागरिक तथा असाह्यहरुलाई लक्षित गरी गुणस्तरीय आश्रयस्थलहरु सञ्चालन
गरिनेछ ।
१३. विपद् तथा सामाजिक सेवाका कार्यमा स्वयमसेवकहरु परिचालन गरिनेछ । यसका लागि स्वयम सेवकको तालिम तथा
श्रोत साधनको उचित व्यवस्था गरिनेछ ।
१४. अहिंसा, शान्ति र शाकाहार जीवनपद्धतिको महत्ववारे सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । वलि प्रथा तथा
सार्वजनिक स्थलमा पशु पन्छी हत्या विरुद्धको अभियान एवं पशु अधिकारसम्बन्धी सचेतनामूलक कार्यक्रमहरु सञ्चालन
गरिनेछ ।
१५. परिषद्को कार्यक्रम सञ्चालनको लागि स्थापना गरिएको युवा विकास अक्षय कोष अभिवृद्धिलाई निरन्तरता दिईनेछ ।
कोषमा भएको योगदान, स्थानीय श्रोत साधनको उपलब्धता र विगतमा कोषबाट भएको खर्चको कार्यप्रगति समेतका
आधारमा कोषको आयबाट जिल्लाहरुको लागि बजेट विनियोजन गरिनेछ ।
१६. समाजका प्रतिष्ठित व्यक्ति तथा पेशाविद एवं व्यवसायीहरुको सूचि तयार गरी उनीहरुको अनुभव, शिप तथा सहयोग
युवाको उत्प्रेरण र क्षमता विकासमा उपयोग गरिनेछ ।
१७. युवा तथा विद्यार्थिलाई लक्षित गरी वृत्ति विकास एवं शैक्षिक कार्यक्रम सम्बन्धी विचार गोष्ठी, प्रवचन, मार्गदशर्न तथा
मनोपरामर्श कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
१८. संस्थागत सुशासन र संगठन परिचालन सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ ।
१९. परिषद्को गतिविधि संस्थागत एवं सार्वजनिक गर्न वेभ साईट, सामाजिक सञ्जाल, बुर्सर, डायरी, स्मारिका, बुलेटिन,
भित्तेपात्रो आदिको व्यवस्था गरिनेछ । मिडियासँगको पहुँच र प्रयोगमा अभिवृद्धि गर्ने संस्थागत सहकार्य गरिनेछ ।
२०. यस नीति कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न कार्यक्रम कार्यान्वयन कार्यतालिका तर्जुमा गरी कार्यान्वयनमा
ल्याइनेछ । कार्यक्रम सञ्चालन गर्दा सम्बद्ध व्यक्ति संघ, संस्था, सरकारी तथा गैर सरकारी निकाय,ं निजी क्षेत्रसँग
सहकार्य गरिनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *