अध्यक्षको कलमबाट ………………………
-जगदीश चन्द्र शर्मा
श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल केवल एउटा संगठन मात्रै होइन, यो एक अभियान हो । युवालाई नेतृत्वदायी भूमिकामा पुर्याउने, उनीहरूको क्षमता र सृजनशीलतालाई अधिकतम उपयोग गर्ने र स्व परिवर्तनका साथमा समाज परिवर्तनका लागि सशक्त, स्वावलम्बी, नैतिकवान् र चरित्रवान् बन्न प्रेरित गर्दै हरेक युवा हृदयमा समाजप्रतिको प्रेम र सेवाभाव जगाई एक सुन्दर समाज अनि शान्त र समृद्ध राष्ट्र निर्माणको मार्गचित्र तयार गर्नका लागि आध्यात्मिक चेतनाको मूलधारमा प्रवाहित गराएर धर्म र संस्कृतिको साथसाथमा समाज सेवामा संलग्न गराउने हेतुले वि.सं. २०४७ साल माघ १८ गते “दुव्र्यसन त्यागौँ, सेवामुखी बनौँ” भन्ने शुक्तिलाई मूल मन्त्र मान्दै श्रीकृष्ण प्रणामी युवा परिषद नेपालको स्थापना भएको हो । समुन्नत राष्ट्र निर्माणको पर्यायको रुपमा आत्मसात् गरिएको युवा समाज रूपान्तरणको दिगो आधार मात्रै होइनन्, वर्तमानमा बलियो साझेदार पनि हुन् भन्ने कुरालाई मनन गर्दै वर्तमान समयको चरम भौतिकवादी चिन्तनबाट समाज असन्तुलित बन्दै गइरहेको समयमा धार्मिक सचेतना एवम् आध्यात्मिक प्रशिक्षणका माध्यमबाट युवामा मानवीय भावना प्रस्फुटन गराई सामन्जस्यता कायम गर्न सकिने महसुस गर्दै युवाहरुलाई स्वचालित ढङ्गबाट क्रियाकलापहरु सञ्चालन गर्न सांगठनिक सदस्यता प्रदान गरिएको छ ।
अनन्तकोटी ब्रÞह्माण्ड नायक अविनाशी पूर्णब्रÞह्म परमात्मा श्रीकृष्ण प्रभुको भक्ति र उपासना गर्ने हिन्दु धर्मको एक प्रशाखाका रुपमा आज भन्दा करिव ४५० वर्ष अगाडि निजानन्दचार्य सदगुरु श्री देवचन्द्रजी महाराजद्वारा स्थापित र महामति श्री प्राणनाथजी महाराजद्वारा प्रबर्तित श्रीकृष्ण प्रणामी धर्म, निजानन्द सम्प्रदाय अन्तर्गत विभिन्न समिति र संस्थाहरु क्रियाशील रहेको सन्दर्भमा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको भातृ संगठनको रुपमा यस श्रीकृष्ण प्रणामी युवा परिषद नेपालको स्थापना भएको हो । तत्कालीन समयमा राष्ट्र भरिका श्रीकृष्ण प्रणामी धर्ममा अनुबन्धित युवाहरुलाई गोलबन्द गर्दै श्री कल्याण कुमार कार्कीको अध्यक्षतामा गठन भएको यस संस्थाले १३औं राष्ट्रिय महाधिवेशन र ३३औं वार्षिक साधारण सभाहरु ऐतिहासिक रुपमा सफलतापूर्वक सम्पन्न गरिसकेको छ । वि.सं. २०७८ आश्विनमा सम्पन्न भएको १३औ राष्ट्रिय महाधिवेशनबाट मेरो नेतृत्वमा केन्द्रीय समिति सर्वसम्मत रुपमा निर्वाचित भएको हो । हाम्रो समितिले ३ वर्षको समयावधि पुरा गर्दै आज ३४औं वार्षिक साधारण सभा एवम् १४ औं महाधिवेशनमा प्रवेश गर्दैगर्दा यो गौरवगाथा भएको संस्था स्थापना गर्ने तत्कालीन महासचिव धामवासी विष्णु लम्साल एवम् यस क्रममा परोक्ष अपरोक्ष सहयोग गर्नुहुने अन्य धामवासी ज्ञात अज्ञात पवित्र आत्माहरुमा भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु । धेरै आरोह र अवरोहहरु पार गर्दे आजको यो अवस्थामासम्म आइपुग्दा यस संस्थाले राष्ट्रिय र अन्तराष्ट्रिय पहिचान सहितको छवि बनाएको कुरा सर्वविदितै छ । उच्व शिक्षा र रोजगारीका लागि विदेश पलायन भएका दक्ष युवा समूह र देशमा रहेर पनि कुलतमा फसेका युवा समूह यस संगठनका लागि मुख्य चुनौतीहरु रहेका छन् । यसका लागि लागुपदार्थ दुव्र्यसनी विरुद्धको अभियान देशव्यापीरुपमा सञ्चालन गर्दै युवाहरुलाई जीवन र जगतको महत्व बुझाई पथ विचलन हुनबाट जोगाउन प्रयासहरु गरिएका छन्।
परोपकारमा आधारित सेवाले नै मानवलाई परमात्मा प्राप्तिको बाटोतर्फ उन्मुख गराउंदछ भन्ने उदगारको भावाबोधको परिधिभित्र सेवामा अहोरात्र क्रियाशील रहेको यस संगठनले आफ्नो सम्प्रदायको मूल भावना ‘सुख शितल करुँ संसार, तुम सेवासे पाओगे पार’ मा आधारित रहेर कार्यहरु गर्दै आइरहेको छ । सेवामा त्रिशेष जोड दिनु भनेको सार्वभौम भाइचाराको विचारसँग तादम्यता गराई विभिन्न वर्ग, जात, धर्म, र सम्प्रदायका विभाजनहरू भन्दा माथि उठेर ईश्वरको सेवा गर्नु हो । यस दृष्टिकोणले समावेशिता र सद्भावलाई प्रोत्साहन गर्दै गीताको कर्मयोगको अवधारणा वमिजिम निष्काम कर्मको वकालत गर्दै परिणामप्रति आसक्त नहुँदै कर्म गर्न सिकाउँछ । श्रीकृष्ण प्रणामी धर्म सिद्दान्तले आत्मसात् गरेको सेवाको आधार भनेको पनि आत्मनिश्रार्थ कार्यमा संलग्न हुँदा प्रभुका प्रिय कर्मयोगिहरुले आफ्ना आत्माहरूलाई शुद्ध पार्दछन र परमात्मा संग नजिक भई गहिरो आध्यात्मिक सम्बन्धको अनुभव गर्छन् । यीनै महान आधारशिलाहरुमा केन्द्रित रहेर यस परिषद्ले लागुपदार्थ दुर्व्यसनी विरुद्धको सचेतना अभियान, प्राणीहिंसा विरुद्धको सचेतना कार्यक्रम, धर्मको नाममा गरिने पशुप्राणी वलि प्रथाको अन्त्यका लागि राष्ट्रव्यापी कार्यक्रमहरु, गरिवी र अभावका कारण अध्ययनबाट वञ्चित वालवालिकाहरुको अभिभावकत्व ग्रहण र पाठ्यसामाग्री तथा स्टेशनरी वितरण, शितलहर पिडित बस्तिहरुमा न्यानो कपडा वितरण, फरक क्षमता भएका मानिसहरुका लागि Þहिवल चियर वितरण, रक्तदान कार्यक्रम, राष्ट्रका अमुल्य निधिका रुपमा स्वीकार गरिएका वृद्ध÷वृद्धा आमाबुबाहरुको सम्मान कार्यक्रम, स्वास्थ्य शिविर, आध्यात्मिक शिविरहरु सञ्चालन गर्दै आएको छ । परिषद्को स्थापना दिवस एवम् श्रीकृष्ण प्रणामी धर्माचार्य जगतगुरु श्रीकृष्णमणिजि महाराजश्रीको शुभ जन्मोत्सवको पुनित अवसरमा घर,घरमा तारतम सागर एवम् मेहेर सागरको पाठ पारायण तथा माघ १६ गते एकैसाथ राष्ट्रव्यापि वृहत् रक्तदान कार्यक्रमहरू प्रारम्भ भएका छन । जहाँ आपत विपत, त्यहाँ श्रीकृष्ण प्रणामी युवा परिषद भन्ने भनाईलाई पनि चरितार्थ गर्दै राष्ट्रले भोग्नु परेको प्राकृतिक विनाशका समयहरु जस्तैः महाभुकम्प, कोभिड महामारीमा यस परिषद अन्तर्गत आर्थिक र भौतिक सेवाहरु प्रदान भएका छन् । कोभिड महामारीका समयमा यस परिषदले सञ्चालन गरेको भोजन सेवा, अति आवश्यक तथा खाद्यान्न सामाग्री वितरण सेवा, अनलाइन टेलिमेडिसिन सेवा, २४ सै घण्टा चिकित्सा परामर्श सेवा आदि अत्यन्तै स्मरणीय छन् ।
अन्त्यमा, म सम्पूर्ण युवाहरूलाई आह्वान गर्न चाहन्छु — आध्यात्मिकता नै हाम्रो जीवनको सार हो भन्ने यथार्थतालई मनन गर्दै आफ्नो समय, ऊर्जा, र सृजनशीलतालाई समाज, राष्ट्र, र मानवताको सेवामा समर्पित गरौं । यो पवित्र यात्रालाई अझ सशक्तरूपमा अघि बढाउँदै समाज रूपान्तरणका लागि सबैको सामूहिक प्रयासले समाज सेवामा आत्मीय भावनाको विकास गर्दै साँचो परिवर्तनको मार्गमा हातेमालो गरौं । हामीले गरेका साना, साना कदमहरूले एकदिन ठूलो परिवर्तन ल्याउनेछ भन्ने दृढ संकल्पका साथ नयाँ योजनाहरू, नवप्रवर्तनशील सोच कार्यान्वयनका लागि एकीकृत भएर परिषद्को आगामी दिनहरुमा हरेक युवा सदस्यले अझ सशक्तरूपमा अघि बढ्नुपर्नेछ ।