संस्थाको उद्देश्यः
१) श्री कृष्ण प्रणामी धर्मालम्बी युवाहरुलाई संगठित गर्ने ।
२) युवा वर्गमा नैतिकता, सदाचार, अनुशासन र धार्मिक तथा सामाजिक भावनाको विकास गर्ने ।
३) स्वधर्म साथै हिन्दु धर्मको संरक्षण र सम्बर्धन गर्ने ।
४) सेवा मुलक कार्यक्रम संचालन गरी सामाजिक विकास गर्ने ।
५) धुम्रपान, मद्यपान तथा लागू पदार्थ दुर्व्यसन विरुद्ध कार्यक्रम संचालन गरी जनचेतना वढाउने ।
(६) सभ्य मानव समाज विकास र राष्ट्र निर्माणको लागि पूर्वाधारको रुपमा लिईने शिक्षा, स्वास्थ्य, साहित्य, कला, संस्कृति, धर्म, सामाजिक सेवा जस्ता क्षेत्रमा विशिष्ट एवं उल्लेखनीय योगदान गर्ने प्रतिभाशाली व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले यस संस्थाले विभिन्न शीर्षकमा पुरस्कार कोष स्थापना गरी संचालन गर्ने ।
(७) यो संस्था मुनाफा रहित, जनहितकारी सामाजिक संस्था हुनेछ ।
(८) युवाको सर्वोपरी विकास एवं संस्थाको उद्देश्य अनुरुपको कार्य सम्पादन गर्न आवश्यक आर्थिक श्रोतको
दीगो व्यवस्थाको लागि अक्षय कोष लगायतका कोषहरु स्थापना र सञ्चालन गर्ने ।
संस्थाको काम, कर्तव्यः
१) बिभिन्न धार्मिक तथा सामाजिक संस्थाहरु बीच समाञ्जस्यता कायम गर्ने ।
२) धार्मिक, सामाजिक, रचनात्मक कार्यक्रम संचालन गरी समाजमा भएका र हुने विकृति विसंगति तथा समस्याहरुलाई निर्मुल पार्न प्रयासरत रहने ।
३) अहिंसा परमोधर्म भन्ने भावनाको समाजमा अभिवृद्धि गराउने ।
४) लागू पदार्थ, दुर्व्यसन, मद्यपान जस्ता कुलतहरु हटाई युवा वर्गमा नैतिकता, सदाचार, अनुशासन र धार्मिक तथा सामाजिक भावनाको विकास गर्ने कार्यक्रम संचालन गर्ने ।
५) श्रीकृष्ण प्रणामी धर्म सम्बन्धी ग्रन्थ, लेख, अध्ययन, अध्यपन प्रकाशन गराई हिन्दुहरुको एकमात्र आस्थाको केन्द्र पूर्ण व्रम्ह परमात्मा श्रीकृष्ण प्रति आस्था र विश्वास अभिवृद्धि गराउने कार्यक्रम संचालन गर्ने ।
६) धर्मले निषेधित गरेका वस्तुहरु, खानपान र आचरणमा शुद्धता ल्याउने कार्यक्रम संचालन गर्ने ।
७) अनाथ एवं वृद्धहरुको संरक्षणको निम्ति आवश्यक संरक्षण स्थलको विकासमा जोड दिने ।
८) श्रीकृष्ण प्रणामी मठ मन्दिर तथा सेवा आश्रमहरुको संरक्षण, विकास गर्ने गराउने ।
९) हिन्दुत्वको संरक्षण गर्न सधैं तयार र सजग रहने ।
१०) श्रीकृष्ण प्रणामी धर्म समुदायभित्र गठित संघ संस्थाहरुसंग सदभाव र सहयोगको भावना राखी परस्पर मिली कार्यक्रम संचालनमा जोड दिने ।
११) धार्मिक तथा आध्यात्मिक विकास गर्न कार्यक्रम संचालन गर्ने ।
१२) शिक्षा, स्वास्थ्य, विपद व्यवस्थापन, वातावरण संरक्षण तथा सामाजिक सेवा सम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालन गर्ने ।
(१३) युवाको व्यक्तित्व विकास, नेतृत्व विकास, क्षमता विकास, शिप विकास लगायत जनशक्ति विकास सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्ने ।
(१४) धार्मिक, सामाजिक क्षेत्र तथा विपतको अवस्थामा स्वयम् सेवा परिचालन गर्ने र यसका लागि स्वयम् सेवक विकास र परिचालन सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने ।
योजना
– केएचडिसि नेपालको प्राविधिक सहयोगमा नवतनधाममा नियमित निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको शुरुवात ।
– स्कुल तथा कलेजमा लागुपदार्थ दुव्र्यसन विरुद्ध सचेतना सहित अहिंसा तथा आहार सम्बन्धी सचेतना कार्यक्रमको थालनी ।
– विभिन्न संघसंस्थासंग समन्वय गरी “शाकाहारी बनौं अभियान” लाई अझ प्रभावकारी रुपमा संचालन गर्दै सवै जिल्लामा पु¥याउने लक्ष्य रहेको ।
– दुध दोहन पछि असक्त अवस्थामा सडक प्ेटीमा छोडिएका गाईवाछाहरुको हेरचाहको लागि सेल्टर स्थापनाका लागि सेवा समितिसँग समन्वय गरी कार्य गर्ने साथै गाईवस्तु नछाड्नको लागि सचेतना अभियान गर्ने ।
– जिल्ला जिल्लामा सांगठनिक क्षमता अभिवृद्धि र अध्यात्मिक शिविर सञ्चालन ।
– युवालाई समेट्न खेलकुद मनोरञ्जन कार्यक्रम जिल्ला जिल्लामा शुरुवात भईरहेकालाई निरन्तरता ।
– युवा उद्यमशिलता र रोजगारका लागि सरकारी तथा गैर सरकारी संघसंस्थासंग समन्य गरी मोवाईल रिपेरियङ्ग, वायरिङ्ग, प्लम्बन्गीङ्ग, केयर गिभर जस्ता राृेजगार उन्मुख तालिमको लागि पहल ।
– युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद्संग समन्वय गरी सरकारका युवा उन्मुख कार्यक्रममा संलग्नता गराउने ।
– सहकार्य र समन्वयका लागि सामाजिक सेवाकार्य र प्रणामी धर्मको प्रचार प्रसारका लागि सेवा समितिसंग समन्वय गर्ने ।