नीति तथा कार्यक्रम

श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल
केन्द्रीय समिति

आर्थिक वर्ष को २०७७/७८ को नीति तथा कार्यक्रम

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालको १२ औं राष्ट्रिय महाधिवेशन २०७५ भाद्र ३० र ३१ गते भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । उक्त महाधिवेशनमा ४४ जिल्लाका ३३० जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो । महाधिवेशनको उद्घाटन सत्र माननिय अर्थमन्त्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने स्थानिय नगरपालिकाका मेयर, वडाध्यक्ष लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, परिषद्का अध्यात्मिक प्रवक्ता, प्रशिक्षक, पुर्व पदाधिकारीहरु, सल्लाहकार, सेवा समिति नेपालका पदाधिकारीहरु, बाईजुराज महिला समितिका पदाधिकारीहरु को उल्लेख्य उपस्थिति रहेको थियो ।

१. युवाको सर्वांगीण विकासको लागि युवा उत्प्रेरणा, जागरण, नेतृत्व विकास, क्षमता तथा शिप विकाससम्बन्धी कार्यक्रमहरुसञ्चालन गरिनेछ ।
२. वातावरण संरक्षण र प्रवद्र्धनका लागि मन्दिर तथा सार्वजनिक स्थलकोसरसफाई र हरियाली प्रवद्र्धन कार्यक्रम सञ्चालनगरिनेछ ।
३. विपत तथा जोखिममा परेका व्यक्तिलाई लक्षित गरी राहत, उद्धार, सहयोग एवं सेवाका कार्यहरु गरिने गरिनेछ ।
४. असहाय र आर्थिक तथा सामाजिक रुपले विपन्न बर्गलाई लक्षित गरी भोजन सेवा तथा खाद्य सामाग्री उपलब्ध गराईनेछ।
५. प्राथमिक स्वास्थ्य सम्बन्धी सचेतना तथा स्वास्थ्य शिवीर, रक्तदान, अंगदान जस्ता कार्यक्रम सञ्चालन गरिनेछ ।
६. प्रमुख धाम तथा मन्दिरहरुमा स्वास्थ्य केन्द्र तथा नियमित रुपमा स्वास्थ्य शिविरहरु सञ्चालन गरिनेछ ।
७. रक्तदान कार्यक्रमलाई सबै जिल्ला र प्रारम्भिक समितिबाट सञ्चालन गर्ने र विरामीलाई सहज रुपमा रगतको व्यवस्था गर्न रक्तदाताको विवरण अद्यावधिक गर्ने र यस कार्यका लागि फोकल पर्सनको व्यवस्था गरिनेछ ।
८. दुव्र्यसनमुक्त समाजको निर्माणको लागि दुव्र्यसन तथा लागू पदार्थ विरुद्ध सचेतना, पुर्नस्थापना र सहयोग कार्यक्रमसञ्चालन गरिनेछ ।
९. धुम्रपान तथा लागुपदार्थ विरुद्ध सचेतनामूलक एवं दबाबमुलक कार्यक्रम सञ्चालन गरिनेछ ।
१०. सभ्य, सान्त र समृद्ध समाज निर्माण गर्न नैतिक शिक्षाको अपरिहार्यता मनन गर्दै स्थानीय मन्दिर तथा सत्सँग भवनमा वालवालिकालाई अनिवार्य रुपमा नैतिक शिक्षा प्रदान गर्ने प्रणालीको विकास गरिनेछ ।
११. आर्थिक तथा सामाजिक रुपमा पछाडि परेका वालवालिको शिक्षामा पहुँच पुर्याउन कक्षा ५ देखि १२ सम्म पढ्ने वालवालिकालाई छात्रवृत्ति उपलब्ध गराइनेछ ।
१२. सम्बद्ध संस्थाहरुको सहकार्यमा जेष्ठ नागरिक तथा असाह्यहरुलाई लक्षित गरी गुणस्तरीय आश्रयस्थलहरु सञ्चालन गरिनेछ ।
१३. विपद्तथा सामाजिक सेवाका कार्यमा स्वयमसेवकहरु परिचालन गरिनेछ । यसका लागि स्वयम सेवकको तालिम तथा श्रोत साधनको उचित व्यवस्था गरिनेछ ।
१४. अहिंसा, शान्ति र शाकाहार जीवनपद्धतिको महत्ववारे सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । वलि प्रथा तथा सार्वजनिक स्थलमा पशु पन्छी हत्या विरुद्धको अभियान एवं पशु अधिकारसम्बन्धी सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
१५. परिषद्को कार्यक्रम सञ्चालनको लागि स्थापना गरिएको युवा विकास अक्षय कोष अभिवृद्धिलाई निरन्तरता दिईनेछ । कोषमा भएको योगदान, स्थानीय श्रोत साधनको उपलब्धता र विगतमा कोषबाट भएको खर्चको कार्यप्रगति समेतका आधारमा कोषको आयबाट जिल्लाहरुको लागि बजेट विनियोजन गरिनेछ ।
१६. समाजका प्रतिष्ठित व्यक्ति तथा पेशाविद एवं व्यवसायीहरुको सूचि तयार गरी उनीहरुको अनुभव, शिप तथा सहयोग युवाको उत्प्रेरण र क्षमता विकासमा उपयोग गरिनेछ ।
१७. युवा तथा विद्यार्थिलाई लक्षित गरी वृत्ति विकास एवं शैक्षिक कार्यक्रम सम्बन्धी विचार गोष्ठी, प्रवचन, मार्गदशर्न तथा मनोपरामर्श कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
१८. संस्थागत सुशासन र संगठन परिचालन सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ ।
१९. परिषद्को गतिविधि संस्थागत एवं सार्वजनिक गर्न वेभ साईट, सामाजिक सञ्जाल, बु्रसर, डायरी, स्मारिका, बुलेटिन, भित्तेपात्रो आदिको व्यवस्था गरिनेछ । मिडियासँगको पहुँच र प्रयोगमा अभिवृद्धि गर्ने संस्थागत सहकार्य गरिनेछ ।
२०. यस नीति कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न कार्यक्रम कार्यान्वयन कार्यतालिका तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ । कार्यक्रम सञ्चालन गर्दा सम्बद्ध व्यक्ति संघ, संस्था, सरकारी तथा गैर सरकारी निकाय,ं निजी क्षेत्रसँग सहकार्य गरिनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *