नियमित कार्यक्रमहरु :
१) रक्तदान कार्यक्रम ः
परिषद्को वार्षिक उत्सव (माघ १८) को उपलक्ष्यमा प्रत्येक वर्ष केन्द्रीय समितिको कार्यक्रम अनुसार केन्द्रीय, जिल्ला र प्रारम्भिक समितिले रक्तदान कार्यक्रम संचालन गर्दै आएको । प्रत्येक वर्ष देश भरिवाट १००० भन्दा ज्यादा सदस्यहरुबाट रक्तदान गरिदैं आएको छ ।

२) निःशुल्क पोलियो अप्रेशन शिविर ः
श्री १०८ सदानन्द महाराजको अगुवाइमा श्री कृष्ण प्रणामी युवा परिषदको सक्रियतामा विरगञ्जमा २ पटक, धरान र काठमाडौंमा १÷१ पटक गरी ४ पटक निःशुल्क पोलियो अप्रेशन शिविर संचालन गरी पोलियो रोगीहरुको उपचार गरिएको थियो ।

३) धुम्रपान, मद्यपान विरुद्ध कार्यक्रम ः
धुम्रपान एवं मद्यपानले जन, धन र धर्म तीन कुराको हानी हुन्छ भन्ने चेतना जन जन पुर्याउन परिषदले नियमित रुपमा धुम्रपान मद्यपान विरुद्ध सचेतना एवं दबाबमूलक कार्यक्रम गर्दै आएको छ । सार्वजनिक स्थलमा धुम्रपान सेवनका साथै विभिन्न संचारका माध्यमबाट हुने विज्ञापनमा रोक लगाउन यस परिषदले तत्कालिन सरकारसमक्ष ३ लाख हस्ताक्षर सहितको ज्ञापन पत्र बुझाइएको थियो फलस्वरुप नेपाल सरकारको निर्णयानुसार हाल विद्युतीय संचारका माध्यमहरुबाट हुने धुम्रपान तथा मद्यपानको विज्ञापन तथा सार्वजनिक स्थानमा धुम्रपान गर्न रोक लगाईसकेको छ

४) वलीप्रथा बिरुद्ध कार्यक्रम ः
जनताको प्रतिनिधिबाट निर्माण गरिने नया संविधानमा सार्वजनिक स्थल, मठ मन्दिर, देवालय, नदीनालाहरुमा पशु पन्छी वलि दिने प्रथा निषेध गर्ने प्रावधान राख्न यस परिषद्को अगुवाईमा मुलुकभरबाट संकलित ५ लाखभन्दा वढी व्यक्तिको हस्ताक्षर र ३० भन्दा वढी संघ संस्थाहरुको ऐक्यवद्धता सहितको ज्ञापनपत्र परिषद्को तर्फबाट २०६६ साल तथा २०७१ सालमा ज्ञापनपत्र तत्कालिन संविधान सभाका सम्माननीय अध्यक्ष श्री सुवासचन्द्र नेम्वाङ्गज्यूसमक्ष बुझाईएको थियो ।

पशुवली प्रथाको अन्त्यका लागि परिषद्ले पशु वलिप्रथा विरुद्धको अभियानमा हातेमालो गर्न तयार विभिन्न संघ सस्थाहरुसँग सहकार्य एवं समन्वयन गरी निरन्तर रुपमा हप्ताको २ पटक शनिवार शक्तिपिठहरुमा तथा मंगलवार सडक चोकमा नियमित सचेतना एवं दबाबमूलक कार्यक्रमहरुको सञ्चालनमा समन्वायत्मक भूमिका निर्वाह गर्दै आएको छ ।

५) युवाको क्षमता विकास तथा आध्यात्मिक जागरण कार्यक्रम ः
आध्यात्मिक जागनी, योग ध्यान र प्राणायमको माध्यमबाट युवाको नेतृत्व, व्यक्तित्व र क्षमता विकास गर्न परिषद्ले मुलुकभर केन्द्रीय, क्षेत्रीय, जिल्ला तथा स्थानीय तहमा विभिन्न तहका आध्यात्मिक जागरण शिविरहरु र क्षमता विकास सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । आगामी दिनमा परिषदले यो कार्यक्रमलाई अझ सशक्त ढंगले सञ्चालन गर्ने गरी निरन्तरता दिएको छ ।

६) राष्ट्रिय भक्ति संगीत प्रतियोगिताः
देशमा विभिन्न भागमा लुकेर तथा छरिएर रहेका युवा प्रतिभालाई खोजी गरी उनीहरुलाई भक्ति संगीतको क्षेत्रमा अभिप्रेरित गर्ने गराउने उद्देश्यले परिषदले प्रत्येक वर्ष राष्ट्रिय भक्ति संगीत प्रतियोगता कार्यक्रम संचालन गरी उत्कृष्ठ प्रतिभाहरुलाई श्रीकृष्ण मणि दिपा प्याकुरेल राष्ट्रिय भक्ति संगीत पुरस्कार तथा सम्मान गर्दै आएको छ । यो परिषदको नियमित कार्यक्रमको रुपमा रहेको छ ।

७) निःशुल्क स्टे«चर वितरण कार्यक्रम ः
मुलुकको अति पिछडिएको यातायातको पहँुच नभएको दुर्गम स्थानमा विरामीलाई स्वास्थ्य चौकी तथा अस्पताल पुर्याउनको लागि डोको, पिठ्युँ र कपडाको झोलुंगोमा राखी बोक्नु पर्ने वाध्यता रहेको छ । विरामीलाई सुविधाजनक रुपमा अस्पताल लैजानको लागि स्ट्रेचर उपयुक्त साधन हुन सक्ने भन्ने निश्कर्ष निकाली दुर्गमा स्थानमा निशुल्क स्टे«चर वितरण गर्ने कार्यक्रमको शुरुवात राष्ट्रिय योजना आयोगका तत्कालिन उपाध्यक्ष माननीय डा. युवराज खतिवडाज्यूबाट मिति २०६६ साल फागुन २१ गते गर्नुभयो जो आज सम्म निरन्तर रुपमा जारी छ ।

८) युवा विकास अक्ष कोष ः
श्री कृष्ण प्रणामी युवा परिषद् नेपालको उद्देश्य हासिल गर्न युवाको नेतृत्व, व्यक्तित्व एवं क्षमता विकास, स्वरोजगार लगायत युवा विकास र सशक्तिकरण सम्बन्धी कार्यक्रमहरु वार्षिक रुपमा योजनावद्धढंगले कार्यान्वयन गर्न आवश्यक पर्ने वित्तीय श्रोत दिगो रुपमा जुटाउन युवा विकास अक्षय कोष को स्थापना गरिएको छ । विगत देखि हालसम्म विभिन्न कार्यक्रमहरु सञ्चालनमा श्रोत साधनको अभावका कारण नियमितता दिन नसकिरहेको र सो सम्बन्धमा परिषदका सबै तहबाट एक स्थायी कोषको व्यवस्था गर्न सुझाव सल्लाह प्राप्त भए बमोजिम दाताहरुबाट पटके सहयोग माग गर्दा संस्थाप्रति दाताहरुको विश्वासमा कमी आउने सम्भावनालाई समेत मध्यनजर राखी यो कोषको स्थापना गरिएको हो । तोकिएको उद्देश्य प्राप्तिका लागि कोषमा जम्मा भएको मुलधनबाट आर्जित व्याज आम्दानी मात्र निर्धारित कार्यविधिको सीमाभित्र रही खर्च गर्न सकिने व्यवस्था भएको छ ।
कोषको उद्देश्यहरु देहाय बमोजिम रहेका छन्ः–
१. विभिन्न मिडियामार्फत नियमित रुपमा धार्मिक तथा समाजिक कार्यक्रमहरु सञ्चालन एवं प्रचार प्रसार गर्ने ।
२.आध्यात्मिक शिविर एवं भक्ति संगीत प्रशिक्षण सञ्चालन गर्ने ।
३. युवाको क्षमता विकास तथा सशक्तिकरण सम्बन्धी प्रशिक्षण एवं अभिमुखीकरण ।
४. लागु पदार्ध दुव्र्यसन, अहिंसा, मद्यपान, धुम्रपान, विभिन्न संक्रमित रोग विरुद्द सचेतना कार्यक्रम संचालन गर्ने ।
५.वालवालिक तथा लैंगिक हिंसा विरुद्ध सचेतना एवं दबाबमुल्क कार्यक्रम संचालन गर्ने ।
६. वातावरण संरक्षण सम्बन्धी विधिध कार्यक्रमहरु सञ्चालन गर्ने ।
७. धार्मिक, सामाजिक कार्य एवं वित्तको समयमा स्वयम् सेवक सेवा उपलब्ध गराउने ।
८. युवाहरुको व्यक्तित्व विकासको लागि खेलकुद एवं अन्य अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्ने ।
९. स्वास्थ्य सम्बन्धी विविध कार्यक्रमहरु सञ्चालन गर्ने, आदि ।

शुद्ध शाकाहार खानपान, श्री कृष्ण प्रणामी युवाको आव्हान भन्ने नारालाई साकार बनाउन विभिन्न अन्र्तक्रिया गोष्ठी लगायतका जनचेतनामूलक कार्यक्रमहरु संचालन गरिदैंं आएको छ ।

Create Account



Log In Your Account