प्रगती विवरण तथा भावि कार्यक्रम २०७६/७७

श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल
केन्द्रीय समिति

वार्षिक प्रगति प्रतिवेदन– २०७६/७७

“दुर्व्यसन त्यागौं, सेवामुखी बनौ” भन्ने अभियानका साथ युवा शक्तिलाई संगठीत एवं विकासित गर्दै सामाजिक, साँस्कृतिक, स्वास्थ्य, वातावरण संरक्षण लगायत विभिन्न सेवामा आफूलाई क्रियाशिल बनाउँदै आईरहको यस श्री कृष्ण प्रणामी युवा परिषद्नेपालले ३० औं स्थापना दिवस मनाउने संघारमा पुगेको छ । दुर्व्यसन त्यागौ, सेवामुखी बनौ, निरामिष भोजन सेवन गरौ, वातावरण संरक्षण गरौ, आत्मा र परमात्माको अन्तरसम्बन्धलाई आत्मसाथ गरौं भन्ने पाँच आधारशिला भएको परिषद्ले स्थापना कालदेखि नै समाजमा रहेका अन्धविस्वास, कुरीति, कुसस्कार, विभेद विरुद्ध आवाज बुलन्द पार्दै धुम्रपान मद्यपान र लागुपदार्थ मुक्त शाकाहार र सभ्य समाजको निर्माणमा क्रियासिल रहदै युवा जागरण र सचेतनामुलक कार्यक्रमहरु गर्दै आईरहेको छ ।

यस संस्थाको मुलुकभर ५ वटा प्रदेश समन्वय समिति, ४६ जिल्ला कार्यसमिति, १० अन्तराष्ट्रिय गैरआवासिय कार्यसमिति र १८८ प्रारम्भिक कार्यसमितिहरु क्रियाशिल रहेका छन् । युवाहरुमा सदाचार र सक्षमता विकास गर्दै स्वयम सेवी भावनाले सामाजिक सेवामा परिचालन गर्न धार्मिक तथा सामाजिक सेवा सम्बन्धी जागरणको जरुरी हुने गर्दछ । परिषद्ले धार्मिक तथा आध्यात्मिक सचेतना तथा जागृतिको माध्यमबाट युवाहरुलाई आफ्नो दायित्व एवं कर्तव्यवोध गराउँदै सामाजिक सेवाका कार्यहरु जस्तो रक्तदान, आँखादान, स्वयम् सेवा, प्रकृति प्रकोपमा सहयोग, वातावरण संरक्षण एवं धुम्रपान, मद्यपान, लागू औषध विरुको सचेतनामूलक कार्यक्रममा सहभागि गराउँदै आएको छ । धार्मिक तथा सामाजिक कार्यक्रमहरुमा स्वयम सेवक परिचालनमा परिषद्ले सदैब अग्रणी भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्दै आएको छ । यसको अलवा परिषद्ले विगत वर्षहरुमा पशु वली प्रथा विरुद्ध सचेतना अभियान, दुर्गमा स्थानमा स्ट्रेचर वितरण, पोलियो अपरेशन, वाढि पिडित राहत सहयोग, शितलहर पिडितहरुलाई न्यानो कपडा एवं कम्मल, म्याट्रेस आदि सामाग्री वितरण, निःशुल्क स्वास्थ्य शिविर, आँखा शिविर, दन्त शिविर, दृष्टिविहिनहरुलाई सेतो छडि तथा ब्रेललीपि वितरण सञ्चालन आदि धार्मिक तथा सामाजिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ र सो
कार्यक्रमलाई आगामी दिनमा पनि सशक्त ढंगले अगाडि वढाउने नीति तथा कार्यक्रम तय गरिएको छ ।

सांगठनिक अवस्था

युवा परिषद्को केन्द्रिय समिति, जिल्ला समिति र प्रारम्भिक समिति गरी तीन तहको सांगठानिक संरचनामा रहदै आएकोमा मुलुक संघिय संरचनामा रुपमान्तरण भइ प्रादेशिक संरचना अनुरुप सरकार गठन समेत भैसकेकोले प्रदेश सरकारसंग समन्वय र सहकार्य गर्नको लागि परिषद्ले पनि आफ्नो संगठनात्मक ढाँचा पनि प्रादेशिक संरचना राख्न आवश्यक देखिएकोले परिषद्को दोस्रो पूर्ण बैठकको निर्णय
बमोजिम सम्बन्धित प्रदेश अन्तर्गत रहेका जिल्ला समितिहरुको प्रतिनिधिहरुको भेलाबाट ५ वटा प्रदेश समन्वय समितिहरु गठन भई क्रियाशिल रहेका छन्। केन्द्रिय समितिबाट तय गरिएको कार्यविधि अनुसार प्रदेश समन्वय समितिमा संयोजक, सचिव र सदस्यहरु गरी जम्मा १५ जना रहने व्यवस्था छ । प्रदेश समन्वय समितिले निस्क्रिय जिल्ला कार्यसमितिहरु सक्रिय गराउने, प्रदेशस्तरीय कार्यक्रमको संयोजन गर्ने,
प्रदेश अन्तर्गतका कार्यक्रममा एकरुपता र प्रभावकारिता हासिल गर्ने र प्रदेश अन्तर्गतका जिल्ला र प्रारम्भिक समितिका कार्यहरु सम्पादन गर्ने र अन्य सम्बद्ध निकाय एवं संस्थाहरुसँग सहकार्य, समन्वय र सहजिकरणको जिम्मेवारी तोकिएको छ ।

परिषद्को केन्द्रीय समितिको दोश्रो बैठकको निर्णय अनुरुप संगठन बिभाग, आर्थिक योजना तथा तत्थ्याङ्क बिभाग, विदेश बिभाग, विपद ब्यबस्थापन बिभाग, प्रशिक्षण बिभाग, सामाजिक बिभाग, स्वयंसेवक बिभागगरी जम्मा ७ बिभाग र एक शाकाहारी अभियान गरि जम्मा ८ वटा केन्द्रिय स्तरका निकायहरु क्रियाशिल रहेका छन् । परिषद् मातहत रहेका तर विभिन्न कारणले निस्क्रिय जिल्ल कार्य समितिहरु क्रियाशिल
गराउन हाल जिल्ला कार्यसमितिहरु तथा प्रारम्भिक समितिहरु गठन, पुर्नगठन प्रक्रियामा जोड दिईएको छ ।

युवा विकास

युवा नै समाज विकासका आधारशिला भएकोले उनीहरुको क्षमता विकासलाई प्राथमिकता दिनु पर्दछ । युवाहरुको व्यक्तित्व, नेतृत्व, उद्यमशिलता शिप विकास र आध्यात्मिक विकास गर्न परामर्श तथा प्रशिक्षणकार्यक्रम को आबश्यकता महसुस गर्दै निवर्तमान अध्यक्ष श्री मातृका प्याकुरेल संयोजक र उपाध्यक्ष श्रीजगदिशचन्द्र शर्मा सह सयोजक भएको प्रशिक्षण बिभागले तपसिल बमोजिम तालिम तथा प्रशिक्षण
कार्यक्रमहरु सम्पन्न भएका छन्।

तपसिल

  • २०७६ साल पौष/माघमा सर्लाही जिल्ला, हरिवन नगरपालिका घुक्र्योलीमा एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न । कार्यक्रममा केन्द्रिय प्रशिक्षक युवा सन्त श्री सुरेन्द्र शास्त्री, परिषद्का केन्द्रिय अध्यक्ष श्री नमराज ढकाल, उपाध्यक्ष श्री जगदीशचन्द्र शर्माद्वारा युवाहरुलाई लक्षित गरी धार्मिक,सामाजिक परिचालन, संगठन र उत्प्रेरणा सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।

विपत व्यवस्थापन र विपन्न सहयोग

१. २०७६ पौषमा सर्लाही जिल्ला, हरिवन नगर पालिका घुक्र्यौलीमा करिब २०० परिवारको लागि न्यानो कपडा, कम्बल तथा म्याट र करिब २०० जना वालवालिकाको लागि न्यानो कपडा वितरण गरियो । उक्त सेवाका लागि सेवा समितिका महासचिव श्री नन्दकिशोर शर्माज्यूबाट रु. ५०,०००। (पचास हजार) सहयोग प्राप्त भएको थियो । सो कार्यमा श्रीकृष्ण प्रणामी सेवा समिति, सेवा समितिका निवर्तमान केन्द्रीय अध्यक्ष
श्री मदनकृष्ण शर्मा र अन्य संघ संस्था तथा व्यक्तिहरुबाट समेत नगदी तथा जिन्सी सहयोग प्रप्त भएको थियो ।
२. २०७६ माघमा परिषद्को स्थापना दिवसको अवसरमा बागमती प्रदेश समन्वय समितले सर्लाही जिल्लामा न्यानो कपडा, कम्बल र म्याट वितरण गरियएको थियो ।

परिषद्को ३० औं स्थापना दिवस कार्यक्रम

परिषद्को ३० औं स्थापना दिवस को अवसरमा परिषद्को केन्द्रीय समितिको आयोजनामा कोटेश्वरमा माघ १६ गते रक्तदान कार्यक्रम, माघ १७ असहाय शाकाहारी भोजन सेवा अन्तर्गत वीर अस्पतालका ३५० बिरामी तथा कुरुवाहरुको लागि भोजनको व्यवस्था, माघ १८ गते परिषद्को अक्षय कोषदातामध्ये धामगमन हुनुभएका सुन्दरसाथहरुको स्मृतिमा परिषद्को सचिवालयको सभाकक्ष कोटेश्वरमा एकाहा पाठ पारायण एवं
दीप प्रज्ज्वोलन सहित स्थपना दिवस मनाईयो । यसैगरी माघ …. गते केन्द्रीय समितिको संयोजन तथाकाठमाण्डौं जिल्ला समितिको आयोजनामा हिँसा रहित समाजको आधार, दुर्व्यसन मुक्त युवा र शाकाहार भन्ने सन्देश सहितको खुल्ला दौड प्रतियोगिता सम्पन्न भयो ।

यस अवसरमा परिषद् अन्तर्गतका जिल्ला समिति तथा प्रारम्भिक समितिहरुले वृहत रक्तदान, स्वास्थ्य शिविर, सरसफाई, खेलकुद, हाजिरी जवाफ, निशुल्क शुद्ध शाकाहारी भोजन जस्ता रचनात्मक कार्यक्रम गर्दै परिषद्को ३० औं स्थापना दिवस भव्य रुपमा मनाइएको थियो ।

राष्ट्रिय भक्ति संगीत प्रतियोगीता

कोभिड १९ भाइरस संक्रमण रोकथाम र नियन्त्रणको लागि सरकारले मुलुकभर वन्दा वन्दी घोषणा गरेको र मानिसहरु भीडभाड हुने धार्मिक तथा सांस्कृतिक कार्यक्रममा रोक लगाएकोले प्रत्येक वर्ष श्री कृष्ण प्रकट्य दिवसको दिन मनाउँदै आएको राष्ट्रिय भक्ति संगीत प्रतियोगिता यस वर्ष आयोजना गर्न सकिएन । समयले साथ दिएमा परिषद्को ३१ औं स्थापना दिवसको अवसर पारेर माघ १८ गते यस कार्यक्रमको आयोजना
गरिनेछ ।

कमलकृष्ण–मणिकुमारी स्मृति सर्वउत्कृष्ट विद्यार्थी सम्मान पुरस्कार

हरेक वर्ष श्री कृष्ण प्रणामी समाजका एस इ इ परीक्षामा सर्वउत्कृष्ट स्थान हासिल गर्ने छात्र १ र छात्रा १ लाई प्रदान गरिदै आएको कमलकृष्ण–मणिकुमारी पुरस्कार २०७६ सालको पुरस्कार वितरण कार्यक्रम कोभिड १९ भाइरस संक्रमण रोकथाम र नियन्त्रणको लागि सरकारले मुलुकभर वन्दा वन्दी घोषणा गरेको र मानिसहरु भीडभाड हुने धार्मिक तथा सांस्कृतिक कार्यक्रममा रोक लगाएकोले यस वर्ष आयोजना गर्न
सकिएन । समयले साथ दिएमा परिषद्को ३१ औं स्थापना दिवसको अवसर पारेर माघ १८ गते एक भव्यकार्यक्रमको आयोजना गरी यो पुरस्कार वितरण गरिनेछ ।

स्वयंसेवक परिचालन

श्रीकृष्ण प्रणामी मन्दिर, चारपाने मन्दिर, झापामा आयोजित श्री १०८ पाठ–पारायण तथा ज्ञान महायज्ञको अवसरमा झापा जिल्ला समितिको नेतृत्वमा झापा, ईलाम, मोरंग सुनसरी जिल्लाबाट स्वयंसेवक परिचालन भएको थियो । परिषद्को जिल्ला समिति अध्यक्ष श्री सुभाष रिजालको संयोजकत्वमा स्वयम सेवक परिचालन भएको थियो भने यस कार्यमा केन्द्रिय समिति तथा प्रदेश समितका पदाधिकारी एवं सदस्यहरुको
समेत सक्रिय समन्वय र सहयोग रहेको थियो । कोभिड १९ भाइरस संक्रमण रोकथाम र नियन्त्रणको लागि सरकारले वन्दाबन्दी गरेको समयमा २०७६ चैत्र देखि २०७७ भाद्र सम्म विपन्न, श्रमिक र वेरोजगारकोलागि खाद्यान्न, औषधि लगायतका सेवामा काठमाडौं उपत्यका, मोरङ, चितवन, मकवानपुर, नुवाकोट,सर्लाही, झापा आदि जिल्लामा परिषद्का साथै प्रणामी समाजबाट १०० भन्दा वढी स्वयम सेवकले सेवा
पुर्याएका थिए ।

आध्यात्मिक गोष्ठी तथा विचार प्रवाह कार्यक्रम

श्रीकृष्ण प्रणामी मन्दिर, चारपाने मन्दिर झापामा आयोजित श्री १०८ पाठ–पारायण तथा ज्ञान महायज्ञको अवसरमा मिति २०७६।११।२२ गते परिषदको झापा जिल्ला समितिको आयोजनामा विभिन्न वक्ताहरुद्धारा शाकाहार जीवन पद्धति विषयक एक दिवसीय विचार गोष्ठि कार्यक्रम सम्पन्न भयो ।

कोरोना कहर विपन्न र मजदुरलाई रहयोग वितरण कार्यक्रम २०७६–७७

कोभिड १९ संक्रमण रोकथाम र नियन्त्रणको लागि सरकारले घोषणा गरेको बन्दा बन्दीमा श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, युवा परिषद्र बाईजुराज महिला समितिको २–२ जना केन्द्रिय पदाधिकारी प्रतिनिधि गरी केन्द्र र जिल्लामा गठन भएको संयन्त्रले बेरेजगारी मजदुर र विपन्नको लागि खाद्यान्न, ग्यास, औषधि लगायतका अत्यावश्यक खाद्य सामाग्री उपलब्ध गराउने कार्य सम्पन्न गरियो । यस कार्यमा एभेन्युज टेलिभिजनको सहयोग परिचालन र समाचार सम्पेषणमा उल्लेख्य सहयोग रह्यो ।

पशुबलि निषेध सचेतना अभियान

२०७६ असोजमा वडा दशै भन्दा ठिक अगाडि मुलुकभरी जिल्ला समितिहरुले स्थानीय स्तरमा पशुबलि प्रथा विरुद्ध सचेतना शान्ति पदयात्रा, मोटरसाईकल ्याली, कोण सभा जस्ता कार्यक्रम सम्पन्न भयो । गण्डकी तथा प्रदेश नं. ५ संयुक्त प्रदेश समन्वय समितिले माघ १ गते देवघाटमा लाग्ने माघे संक्रान्तिको अवसरमा पशुवली विरुद्ध एवं शाकाहार अभियान कार्यक्रम सञ्चालन गरेको थियो । यस कार्यक्रममा चितवन र तनहु जिलाका युवाहरु एवं केन्द्रिय समितिका पदाधिकारी एवं सदस्यहरु एवं समितिमा रहेको तथा अन्य सुन्दर साथ र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

निःशुल्क सुद्ध शाकाहारी भोजन सेवा

बन्दाबन्दीको अवधिमा चैत्र २०७६ देखि भाद्र २०७७ सम्म परिषद्ले असाह्य र बेरोजगार मजदुरहरुलाई पशुपति क्षेत्र, गौशाला, तिलगंगा, नवतनधाम मन्दिर परिषर, गुहेश्वरी, बीर अस्पताल, थापाथली, बालआश्रम, मानव सेवा आश्रम, अस्पतालहरु, सार्वजनिक स्थल, मन्दिर परिसरमा शुद्ध शाकाहारी भोजन सेवा वितरण गरेको छ । यसैगरी यस कार्यक्रमको लागि मोरङ्ग, विराटनगर र रुपन्देहिमा नियमित रुपमा शुद्ध शाकाहारी भोजन सेवा संचालन भैरहेको छ भने झापा, मकवानपुर, चितवनले समेत उक्त अभियानलाई निरन्तरता दिंदै आएको छ ।

विविध कार्यक्रम तथा गतिविधिहरुः

१. श्रावन २३ गतेः बारा जिल्लामा हरेक ५ बर्षमा हुने गढिमाई मेलामा बलिको नाममा लाखौं प्राणीको हिंसाको विरुद्धमा सर्वोच्च अदालतद्धारा उपयुक्त वातावरण श्रृजना गरि उक्त हिंसा रोक्नको लागि सरकारलाई दिएको निर्देशनात्मक आदेशको फैसलाको स्वागतमा हजारौंको सहभागितामा बृहत शोभायात्राको आयोजना ।

२. भाद्र ८ गते श्रीकृष्ण प्रणामी समाजबाट उत्कृष्ठ छानिएका एस.एल.सी छात्र तथा छात्रालाई कमलकृष्ण मणिकुमारी स्मृति पुरस्कार २०७३ सम्मान कार्यक्रम ।

३. श्रीकृष्ण प्रणामी मन्दिर, नवतनधाम, गोठाटारमा श्रावण २९ र ३० गते श्रीकृष्ण जन्माष्टमी व्यवस्थापनमा १५० जना स्वयंसेवक परिचालन कार्यक्रम ।

४. आश्विन ८ गते युवा परिषदको आयोजनामा पशुबली प्रथा अन्त्य गरौं तथा शाकाहारी जीवन यापन गरौं अभियान २०० मोटरसाईकल सहभागी सहित कोटेश्वर, बानेश्वर, थापाथलि त्रिपुरेश्वर, कालिमाटि, शोभा भगवति, स्वम्भु, खुशिवु, लैनचौर, उत्तरढोका नक्साल ज्ञानेश्वर, मैतिदेवी, पुरानो बानेश्वर, गौशाला, पशुपति सम्मको यात्रा ।

५. शितलहर पिडित राहत वितरण कार्यक्रमः २०७३, मंसिर ११ र १२ गते सिराहा जिल्ला, परियार गाविस, माधोगाउँ, सप्तरी चकदह लगायतका ७० घर विपन्न परिवारलाई कम्मल तथा न्याना कपडा वितरण कार्यक्रम सम्पन्न ।

६. वातावरण संरक्षण तथा पर्यावरण संरक्षण सचेतना सहित केन्द्र तथा जिल्लाको सक्रियतामा मठ मन्दिर तथा सार्वजनिक स्थल सरसफाई तथा बृक्षारोपण कार्य सम्पन्न गरिएको ।

७. श्रीकृष्ण प्रणामी सत्संग भवन मसुरिया, कैलालीको निर्माणार्थ आन्तरिक सहयोग संकलन गरि २५०००।— (पच्चिस हजार सम्म) सहयोग गर्ने निर्णय गरियो ।

८. तनहुँ, देवघाटमा पौष २९ तथा माघ १ गते माघे सक्रान्ती मेलामा दुव्र्यसन लागु पदार्थ तथा अहिंसा सचेतना कार्यक्रम सम्पन्न ।

९. प्राणनाथ आश्रम तनहुंमा तनहुँमा बृद्ध बृद्धा तथा अनाथ बालबालिकालाई न्याना कपडा वितरण कार्यक्रम सम्पन्न ।

१०. पुर्वाञ्चल परिभ्रमण कार्यक्रमः २०७३ माघ महिनामा युवा परिषदको परिभ्रमण कार्यक्रम अन्तर्गत पुर्वमा सिन्धुली, झापा, सुनसरीे जिल्ला अवस्थित परिषदका जिल्ला तथा प्रास भेटघाट तथा मन्दिर भ्रमण कार्यक्रम ।

११. सिक्किम तथा कालिम्पोङ्ग मंगलधाम परिभ्रमणः जनवरी २०—२६, बर्मेक स्थित नवनिर्मित मंगलधाम उद्घाटन साप्ताहिक समारोहमा निशुल्क चिया सेवा तथा १०० जना स्वयंसेवक परिचालन ।

१२. निःशुल्क आँखा शिविरः फागुन १३ गते निःशुल्क औषधि तथा चस्मा वितरण सहित आँखा शिविर कार्यक्रम अन्र्गत सुनाकोठी, ललितपुरमा २५० जनाकोआँखा परिक्षण । झापा जिल्ला समितिको संयोजन तथा चारआली प्रासको आयोजनामा मेचि आँखा अस्पतालको सहयोगमा ज्यामिरगढी, शान्तीनगर, पथरीया, सुरुङ्गामा निशुल्क शिविर सम्पन्न गरि सयौंको मोतिविन्दुको सफल उपचार सम्पन्न ।

१३. अनाथ बालबालिका सहयोग ः नवतनधाम छात्रवासमा बस्दै आएका बालबालिकाहरुलाई गैरआवासीय युवा परिषद, ईजरायलबाट प्राप्त जिन्सि सहयोग अन्तर्गत ४० जना अनाथ बालवालिकालाई रुपैया १ लाख बरावरको सिरक तथा न्याना कपडा उपलब्ध गराईयो ।

१४.असहाय सहयोग कार्यक्रमः लेले, ललितपुर निवासी असक्त अपांगलाई ह्विल चेयर वितरण तथा बालकुमारी सुनाकोठी निवासी दृष्टिविहिनलाई सेतो छडि वितरण कार्यक्रम सम्पन्न गरियो ।

१५. माघ १४ गते, सिन्धुली बजारमा अहिंसा प्रेम तथा पशुबली निषेध चेतना शोभायात्रा तथा कोण सभा कार्यक्रम सम्पन्न ।

१६. बार्षिक उत्सवः माघ महिना १६, १७ तथा १८ गते परिषद्को ३ दिने विविध कार्यक्रम जिल्ला समितिहद्धारा विविध कार्यक्रम सहित सम्पन्न । झापा, ईलाम, सुनसरी, मोरङ्ग, रौतहट, मकवानपुर, चितवन, ललितपुर, काठमाण्डौ लगायत जिल्लामा रक्तदान गरि करिव ६०० पोईन्ट रगत संकलन कार्यक्रम सम्पन्न ।

१७. युवा परिषद् नेपालको २७ औं बार्षिक उत्सवको उपलक्ष्यमा मिति २०७३ साल फागुन ७ गते देखि १३ गते सम्म आयोजना गरिएको साप्ताहिक पाठपारायण कार्यक्रम तथा विविध सामाजिक सेवाका कार्यक्रम साथ राष्ट्रिय भक्तिसंगीत सन्ध्याको आयोजना ।

१८. फागुन ११ गते सुनाकोठी ललितपुर जिल्ला, नेश्नल क्यान्सर अस्पताल हरिसिद्धीको सहयोगमा महिला पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि परिक्षणमा २४६ जनाको सफल परिक्षण सम्पन्न ।

१९. बागमती सफाई कार्यक्रम अन्तर्गत २०० हप्ता पुगेको उपलक्ष्यमा पदयात्रा सहितको बागमती सफाई कार्यक्रममा काठमाण्डौ, ललितपुर, भक्तपुर जिल्ला स्वयंसेवकको सहभागिता, मिति २०७३ फागुन २८ गते शनिवार ।

२०. अन्तराष्ट्रिय धार्मिक पर्यटन कार्यक्रम अन्तर्गत युवा परिषद युएई, दुवई तथा युवा परिषद नेपाल केन्द्रीय समितिको आयोजनामा मिति २०७३ फागुन १९ गते देखि २३ गते सम्म नेपाल तथा भारतका गरि १४० जना सहभागी भएको दुवई भ्रमण तथा बृहत सत्संग कार्यक्रम सम्पन्न ।

२१. कलश अनावरण जागणी साप्ताहिक महोत्सव, बिराटनगरमा युवा परिषद्को आयोजनामा फागुन ३ गते, नर्थ बेंगल विश्व विद्यालयका पुर्व प्राध्यापक लक्ष्मीकान्त शर्मा तथा महेन्द्र मोरङ्ग क्याम्पसका सहयाक प्राचार्य ईन्दिरा प्रुसाई अतिथि वक्ताको प्रस्तुती सहित “व्यक्तित्व विकासमा अध्यात्म विज्ञान” विषयक गोष्ठी सम्पन्न तथा १०८ पाठपारायणमा १५० जना स्वयंसेवक परिचालन विराटनगर ।

२२. शाकाहारी सचेतना कार्यक्रमः धनुषा जिल्ला जनकपुरधाम, बजार परिक्रमा सहित जानकीमन्दिर परिषरमा कोणसभा सम्पन्न, लम्जुङ्ग जिल्ला बेशी शहरमा फागुन २४ गते बौद्ध निंग्मा संघ तथा अहिंसाप्रेमी शाकाहारी समाजको आयोजनामा पशुबली प्रथा विरुद्ध सचेतना कार्यक्रममा जिल्ला अध्यक्ष सहितको संलग्नतामा बजार परिक्रमा तथा गोष्ठीमा सहभागीता ।
२३. युवा परिषदद्धारा प्रणामी धर्म निजानन्द सम्प्रदायका मेला पर्व तथा नेपालमा अवस्थित मन्दिरहरुको बार्षिक उत्सव तिथि मिति उल्लेख गरिएको नयाँ वर्ष २०७४ सालको ३७ सयथान क्यालेण्डर प्रकाशन गरिएको ।

२४. नवबर्ष शुभकामना तथा आध्यात्मिक गोष्ठिः चितवन जिल्लाको संयोजन तथा टिकौली प्रासको आयोजनामा मिति २०७४ बैशाख २ गते, श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीमा केन्द्रीय महासचिव सहित पदाधिकारी सहित नवबर्षको शुभकामना आदानप्रदान तथा आत्मबोध आध्यात्मिक गोष्ठी कार्यक्रम सम्पन्न ।

२५. संयुक्त कार्यक्रमः हरेक हप्ता अहिंसा तथा शाकाहारी सचेतना अभियान कार्यक्रम अन्तर्गत शनिवार शक्तिपिठहरु तथा मंगलवार रत्नपार्क तथा विभिन्न स्थानहरुमा नियमित कार्यक्रम सुचारु रुपमा सञ्चालनमा रहेको अवस्था ।

२६. अग्नीपिडित सहयोगः सिराहा जिल्ला, सिमराह गाउँमा भएको आगलागीका पिडित २५ परिवारलाई २५ झुल, २५ कम््मल राहत वितरण कार्यक्रम सम्पन्न ।

२७. जेष्ठ १२ तथा १३ गते युवापरिषद् नेपालको छैठांै पुर्ण बैठक तथा विशेष साधारण सभा सम्पन्न । तत्कालिन अध्यक्ष विशेष कारणवस विदेश रहनुहुने भएकोले असमर्थता जनाउँदै दिएको राजिनामा अनुमोदन तथा बाँकि अवधिको लागि केन्द्रीय समितिद्धारा अध्यक्षको लागि मनोनयन गरिनुभएका श्री मातृका प्याकुरेल, महासचिवमा श्री सुमन पुडासैनी तथा केन्द्रीय सदस्य सुजन सुवेदीलाई विशेष साधारण सभा द्धारा अनुमोदन ।

२८. कटुञ्जे, भक्तपुरमा बैशाख १२ गते निशुल्क स्वास्थ्य तथा आँखा शिविर सम्पन्न २२५ जना लाभान्वित ।

२९. असार ३१ गतेः ललितपुर जिल्ला, लभुमा युवा परिषद नेपाल उपत्याका व्यापी सकारात्मक सोच सहित सांगठनिक विकास सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न । जिल्ला समिति तथा प्रारम्भिक समितिका गरि सहभागि प्रशिक्षार्थिहरु ५५ जना ।

३०. प्रणामी समाजमा रहेका प्राविधिक तथा उच्च शिक्षा हाँसिल गरेका युवाहरुलाई समेटि तथ्याङ्क संकलन गरि एक ग्रेजुएसन क्लबको रुपमा विविध सेवामा दक्ष युवाहरुलाई परिचालन गर्न युवाहरुसँग छलफल गरियो ।

३१. प्रारम्भिक चरणमा प्रणामी जनगणना (तथ्याङ्क) संकलन कार्य भई संकलन भईआएको जति तथ्याङ्कलाई बरिष्ठ चार्टर एकाउन्टेन्ट श्री नन्दकिशोर शर्माज्युलाई अनुरोध गरि तयार पारिएको सफ्टवेयरमा प्राप्त तथ्याङ्क ईन्ट्री गर्ने कार्यका लागि एक कर्मचारी नियुक्ति गरि हाल ईन्ट्री कार्य सुचारु रहेको र २५ जिल्लाको संभावित तथ्याङ्क यथा सिघ्र प्रकाशन गरि सम्बन्धित सवै जिल्लामा प्रतिवेदन सहित जानकारी गराईयो ।

३२. हरेक जिल्ला समितिद्धारा केन्द्रको बार्षिक पात्रो अनुसारको नियमित कार्यक्रम सम्पन्न ।

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालका भावी कार्यक्रमहरुः

 कार्तिक २५ गते, ढुंगखर्क, काभे्रमा निशुल्क आँखा शिविर
 विविध सामाजिक सेवा कार्यका साथै युवा परिषदको आयोजनामा विविध जनचेतनामुलक तथा आध्यात्मिक कार्यक्रमहरु ।
 फागुन महिनामा लागुपदार्थ, दुव्र्यसनमुक्त शाकाहारी समाज निर्माण सचेतना कार्यक्रमः कैलाली कञ्चनपुर लगायत मध्य पहाडि क्षेत्र अन्तर्गत डोटी, डँडेल्धुरा, बैतडि परिभ्रमण
 मंसिर तथा पौष महिना राष्ट्रिय भक्तिसंगीत छनौट प्रतियोगी छनौट कार्यक्रम
 माघ महिना परिषद्को ३ दिने विविध कार्यक्रम सहितको बार्षिक कार्यक्रम, तथा राष्ट्रिय भक्तिसंगीत कार्यक्रम फाईनल कार्यक्रम ।
 चैत्र महिनामा महाधिवेसनको आयोजना ।
प्रणाम ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *