• आचार्य श्री १०८ कृष्णमणिजी महाराजसंग इजरायलमा

श्री कृष्ण प्रणामी धर्मावलम्बी युवाहरुलाई आध्यात्मिक आधारशिला तथा मार्गदर्शन बमोजिम कर्तव्यनिष्ठ, सक्षम र सेवामुखी बनाई उनीहरुलाई समाजमा व्याप्त हिंसा, दुव्र्यसन, कुप्रथा र कुरीति विरुद्धको सचेतना अभियानको सम्बाहक बनाउदै धार्मिक तथा सामाजिक गतिविधिमा सद्धर्मप्रेमी युवाहरुलाई संस्थागत ढंगले परिचालन गर्ने उद्देश्यले वि.सं. २०४७ साल माघ १८ गते श्री कृष्ण प्रणामी युवा परिषद् नेपालको विधिवत स्थापना भएको हो ।

परिषद्को उद्देश्य, नीति, योजना, कार्यक्रम तर्जुमा, समन्वयन, निर्देशन र कार्यान्वयनको लागि यसको संगठनात्मक संरचना रहेको छ । विधानमा भएको व्यवस्था बमोजिम परिषदको राष्ट्रिय तहमा अर्थात केन्द्रमा केन्द्रीय महाधिवेशन र केन्द्रीय समिति, जिल्ला तहमा जिल्ला समिति र जिल्ला मातहत स्थानीय तहमा प्रारम्भिक समिति गरी जम्मा ३ तहको संगठन संरचना रहेका छन । महाधिवेशन परिषदको सर्वोच्च विधायिकी निकाय हो भने केन्द्रीय समिति, जिल्ला समिति र प्रारम्भिक समितिहरु यसको कार्यकारी निकायहरु हुन् । वि.सं. २०६९ वैशाख १ गतेसम्मको आंकडा अनुसार यस परिषद्को मलुकभर ३५ जिल्लाहरुमा संगठन विस्तार भइसकेको छ भने सो अन्तर्गत स्थानीय तहमा १८२ भन्दा वढी प्रारम्भिक समितिहरु गठन भई क्रियाशिल रहेका छन् ।

सभ्य, सुसंस्कृत र सम्वृद्ध समाजको स्थापनाको लागि युवा शक्तिको क्षमता, व्यक्तित्व र नेतृत्व विकास अपरिहार्य छ भन्ने परिकल्पना सहित यस परिषद्ले युवाको विकास र सम्वद्र्धनमा जोड दिदै उनीहरुलाई अधिकतम रुपमा स्वयम् सेवाको भावना जागृत गरी सामाजिक सेवाका कार्यक्रमहरुमा संलग्न गराउँदै आएको छ । आफ्नो उद्देश्य हासिल गर्ने क्रममा परिषदले विगतमा रक्तदान, आँखादान, धार्मिक तथा समाजिक कार्यमा स्वयम् सेवा, आध्यात्मिक जागरण शिविर, योग–ध्यान–प्राणायाम शिविर, दैवि प्रकोप राहत संकलन एवं सहयोग, लागू औषध प्रयोग तथा दुव्र्यसनी विरुद्धको सचेतना अभियान, धुम्रपान तथा मद्यपान विरुद्धको सचेतना, वातावरण संरक्षण तथा सरसफाई, युवा शीप विकास तालिम, दुर्गम स्थानमा स्टे«चर वितरण, निःशुल्क स्वास्थ्य शिविर जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

— प्रणाम —

 

Create Account



Log In Your Account